गण्डकी प्रदेशमा कांग्रेसले संसदीय दलको नेता १२ गते चयन गर्ने

पाेखरा | पुस ९, २०७९

गण्डकी प्रदेशमा कांग्रेसले संसदीय दलको नेता १२ गते चयन गर्ने

पोखराः   नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता पुस १२ गते चयन गर्ने भएको छ । कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ ।


संसदीय दलको नेता छान्न महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा सहमहामन्त्री रमेश पाण्डे र कोपिला रानाभाट सदस्य छन् । कानुनी सहजीकरणका लागि डीएलएका प्रदेश अध्यक्ष फडिन्द्र कोइराला र जिल्ला अध्यक्ष कपिलमणि दाहाल चुनिएका छन् ।

 

त्यसअघि सर्वसम्मत नेता चयनका लागि प्रदेश सभापति शुक्रराज शर्माको संयोजकत्वमा सहजीकरण समिति गठन भएको छ । समितिमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्री किरणबाबु श्रेष्ठ र सहमहामन्त्री रामचन्द्र जोशी सदस्य छन् । निर्वाचन प्रक्रिया शुक्रबारदेखि नै सुरू भएको छ ।


नेपाली कांग्रेस गण्डकी प्रदेशले संसदीय दलको उम्मेदवारको दरखास्त दिने  मिति पुष १३ गते तोकेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशले मतदाता नामावली प्रकाशन पुष १२ गते, मतदाता नामावली उपर दावी विरोध (छुट वा सच्चाउने) पुष १२ गते मध्यान्ह १२ बजेदेखि  दिउँसो १ बजेसम्म समय तोकेको छ । 


नेपाली कांग्रेसले गण्डकी प्रदेशले संसदीय दलको नेता चयन गर्न पुष १३ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । 

 

 
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्